एफए कप

लिभरपुल चौथो चरणमा

लन्डन । हार्भे इलियोटको निर्णायक गोलमा उल्भरहमटनमाथि १-० को जितसहित साबिकको विजेता लिभरपुल मंगलबार एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

१९ वर्षका इलियोटका लागि जारी सिजन यो चौथो गोल हो । १३औं मिनेटमा उनले गरेको गोल योर्गान क्लोपको टोलीको उपाधि रक्षाको यात्रा अघिल्लो चरणसम्म पुर्याउन पर्याप्त बन्यो । 
यसअघि दुई टोलीबीच भएको खेल २-२ को बराबरीमा रोकिएको थियो ।  लिभरपुल शनिबार इङ्लिस प्रिमियर लिगमा शनिबार ब्राइटन ३-० ले निराश भएको थियो । क्लोपले सो खेलमा टोलीले गरेको प्रदर्शन अहिलेसम्मकै सबैभन्दा खराब भएको बताएका थिए । 

चौथो चरणमा लिभरपुलले जनवरी २८ मा ब्राइटनको सामना गर्नेछ । प्रिमियर लिगको शीर्ष दुई क्लब आर्सनल र म्यानचेस्टर सिटीबीच पनि चौथो चरणमा भेट हुनेछ ।
त्यस्तै लुट्टन टाउन विगान एट्लेटिकृलाई २-१ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । यता वेस्ट ब्रुमले चेस्टरफिल्डमाथि ४-० को जित निकाल्यो ।