इटालियन सिरी ए

लाजियो छोड्ने मिलिन्कोभिच साभिचको चाहाना

मिलान । सर्बियाका सेर्जी मिलिन्कोभिच साभिचको इङ्लिस प्रिमियर लिग खेल्ने लामो समयदेखीको सपना पूरा हुने संकेत देखिएको छ ।

२७ वर्षका मिडफिल्डर मिलिन्कोभिच साभिचले लाजियोका प्रमुखलाई क्लब छोड्न चाहेको बताइसकेका छन । नयाँ चुनौतीको लागि आफू तयार रहेको बताएका मिलिन्कोभिच साभिचको अनुबन्धमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनल र न्युक्यासल युनाइटेड पनि इच्छुक देखिएको छ ।

लाजियोले कोपा इटालियामा बुधबार बोलोग्नाको सामना गर्दैछ । उनले लाजियोमा साढे सात वर्ष बिताउँदै सबैखाले प्रतियोगिता गरि तीन सय खेल खेलेका छन । मिलिन्कोभिच साभिच २०१५ मा जिंकबाट लाजियोमा अनुबन्ध भएका थिए । उनले लाजियोबाट ६३ गोल गरेका छन । उनको सम्भौता २०२४ सम्म कायम भए पनि उनले आफ्नो सरुवामा सहयोग गर्न क्लबसमक्ष आग्रह गरेका हुन ।

लाजियोले जनवरी सरुवा बजारमा मिलिन्कोभिच साभिचका लागि ५३ मिलियन युरोको प्रस्ताव आएमा उनलाई बेच्न सक्ने संकेत गरिसकेको छ ।