इङ्लिस प्रिमियर लिग

आर्सनललाई शीर्ष स्थानमा फराकिलो अग्रता,न्युक्यासलको लय कायमै

लन्डन । टोटनहममाथि उत्तर लन्डन डर्बीमा २-० को जितसहित आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।

१४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो पहिलो पटक हो । 

१८ खेलमा ४७ अंक जोडेको आर्सनल शीष स्थानमा छ ।  दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक छ  भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको १९ खेलमा ३८ अंक छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको ३३ अंक छ । 

दोस्रो स्थानको सिटी शनिबार युनाइटेडसँग २-१ ले पराजित भएको थियो । जसका कारण मिकेल अर्टेटाको टोलीले शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर पाएको थियो । जहाँ अर्टेटाको टोली सफल भयो ।

न्युक्यासलले भने जारी सिजन आफ्नो उत्कृष्ट लय कायम राखेको हा । न्युक्यासलले फुलहममाथि १-० को जित निकाल्यो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा इसाकले गरेको गोलमा न्युक्यासलले जित पक्का गरेको थियो । यसअघि ७०औं मिनेटमा मिट्रोभिचले पेनाल्टीको अवसर गुमाउँदा फुलहम अग्रता लिनबाट चुकेको थियो ।