इङ्लिस प्रिमियर लिग

मुड्रिक चेल्सीमा अनुबन्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले आइतबार सख्तर डोनेस्ट्का विंगर मिखाइलो मुड्रिकसँगको अनुबन्धन प्रक्रिया पूरा गरेको छ ।

चेल्सी युक्रेनमा मुड्रिकका लागि ८८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।उनी साढे आठ वर्ष स्टामफोर्ड ब्रिजमा रहनेछन । 

चेल्सीमा अनुबन्ध भएपछि मुड्रिकले इङ्लिस प्रिमियर लिग खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएका छन ।

'म निकै खुशी छु,उनले भने, यो ठूलो क्लब हो र म शीर्ष लिगमा खेल्दैछु । म टोलीका सदस्य भेट्न उत्साही छु  ।

उनलाई अनुबन्ध गर्न प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले पनि इच्छा देखाएको थियो । शनिबार मात्र आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले पनि मिखाइलो मुड्रिकलाई भित्राउने तयारी भैरहेको दाबी गरेका थिए ।  तर मुड्रिकको सम्झौतामा चेल्सीले आर्सनललाई पछि पारेको हो ।

चेल्सीले केही दिन अघि मात्र एट्लेटिको मड्रिडका याओ फिलिक्सलाई सिजनका बाँकी खेलका लागि लोनमा भित्राएको थियो ।

चेल्सी १९ खेलमा २८ अंकसहित १०औं स्थानमा छ ।