इङ्लिस प्रिमियर लिग

हाभर्टजको निर्णायक गोलमा चेल्सी विजयी

काठमाडौं । काइ हाभर्टजले निर्णायक गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा क्रिस्टल प्यालेसमाथि १–० को कठिन जित निकालेको छ ।

यस जितसँगै १९ खेलमा २८ अंक जोडेको चेल्सी १० औं स्थानमा रहँदा पराजय ब्यहोरेको क्रिस्टल प्यालेस १८ खेलमा २२ अंकका सथ १२ औं स्थानमा छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हाभार्टजले  खेलको ६४ औं मिनेटमा गोल गरेका थिए । उनले हाकिम जियचको पासलाई सदुपयोग  गरेका हुन् ।

लिग अन्तर्गत आइतबार नै सम्पन्न खेलमा न्युकासल युनाइटेडले पनि फुलहममाथि १–० को कठिन जित निकालेको छ । न्युकासललाई जित दिलाउन एलेक्सजेन्डर इसाकले निर्णायक गोल गरेका थिए ।