मेम्फिस डिपे

म्यानचेस्टर युनाइटेड फर्किने डिपेकाे इच्छा

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपेले पुरानो क्लब म्याचेस्टर युनाइटेड फर्किने इच्छा देखाएका छन् ।

नयाँ स्ट्राइकरको खोजिमा रहेको इङ्लिस क्लब युनाइटेडले डिपेलाई पनि विकल्पको रुपमा हेरिरहेको छ ।

पछिल्लो समय बार्सिलोनामा पर्याप्त मौका नपाएपछि डिपे क्लब छाड्न चाहन्छन् । यो सिजन दुई ला लिगसिहित जम्मा चार खेलमा मात्र मौका पाएका डिपेले एक गोल गरेका छन् ।

२८ वर्षिय डच स्ट्राइकर डिपे र बार्सिलोनाबीचको सम्झौता यही सिजनको अन्त्यसम्म छ । 

सन् २०१५ मा युनाइटेडबाट फ्रेन्च क्लब लियोन पुगेका डिपे २०२१ मा स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए ।

डिपेले बार्सिलोमा ३० ला लिगा खेल खेल्दा १३ गोल गरेका छन् । उनले युनाइटेडका लागि ३३ प्रिमियर लिग खेलमा दुई गोल गरेका थिए ।