डिन इल्गर

अझै कप्तान बन्ने इल्गरको चाहना

काठमाडौं ।  साउथ अफ्रिका । दक्षिण अफ्रिकाका ब्याटर डिन इल्गरले कप्तान बन्ने भोक अझै रहेकोे बताएका छन्।

अस्ट्रेलिया टोलीको भ्रमणमा कप्तानी समालेका एल्गरले त्यसलाई निरन्तरता दिने चाहना रहेको बताएका हुन् ।

घरेलु टोली अस्ट्रेलियाले तीन खेलको टेस्ट श्रृंखला २–० ले जित्दा वर्षाले प्रभावित बनाएको अन्तिम खेल बराबरीमा सकिएको थियो ।

विश्व टेस्ट प्रतियोगितामा चौथो स्थानमा रहेको साउथ अफ्रिकाको फाइनलमा पुग्ने सम्भावना न्यून रहेको छ ।

अस्ट्रेलियविरुद्ध डिनले ६ इनिङमा जम्मा ५६ रन बनाएका थिए। उनि घरेलु मैदानमा फेबुअरी र मार्चमा वेस्ट इन्डिजविरुद्ध हुने टेस्टमा कप्तानी समाल्न चाहन्छन् ।

‘हामी दुई टेस्ट खेल्दैछौँ । धेरै दबाब छ तरम दबाबमा पनि म रमाउछ । अझै कप्तानी गर्ने भोक जागेको छ’, डिनले भने ‘मेरो लागि २०२२ खराब साबित भयो।’
३५ बर्षिय एल्गरले टेस्टका ८२ खेलमा पाँच हजार २७ रन एकदिवसीय  अन्तर्राष्ट्रिय आठ खेलमा एक सय चार बनाएका छन्।