बार्सिलोना

एट्लेटिकोविरुद्धको जितले उपाधि दौड थप मजबुदः जाभी

काठमाडौं ।  स्पेनिस ला लिगाको क्लब बार्सिलोनका प्रशिक्षक जाभी हर्नान्डेजले एट्लेटिकोविरुद्धको जितले उपाधि दौड थप मजबुद बनेको बताएका छन् ।

ला लिगा उपाधिको होडमा रहेको बार्सिलोनाले आइतबार राति एट्लेटिको माथि १–० को जित निकोलेको थियो ।

रियालले शनिबार भिल्लारियलसँग ब्यहोरेको हारको फाइदा बार्सिलोनाले उठायो ।  विश्वकपपछि ला लिगामा  स्पान्याेलविरुद्धको बराबरीले बार्सिलोना तनाबमा थियो । जाभीलाई उपाधि होडलाई कायम राख्न एट्लेटिकोलाई हराउनै पर्ने दबाब थियो ।

‘जित हाम्रो भयो । यो तिन अंकका लागि मात्र नभएर लिगका बाकिँ खेलका लागि हौसला हो’ जाभीले भने‘ गाह्रो अवस्थामा पनि हामी जितको हकदार थियौं । पछिल्लो खेलमा क्षमता अनुसारको प्रदर्शन  हुन सकेको थिएन । हामीसँग प्रदर्शन सुघार गर्ने अवसर थियो र त्यसको फाइदा राम्रोसँग उठायौँ।’