एफए कप

युनाइटेड चौथो चरणमा

लन्डन । मार्कुस रासफोर्डको गोल लयले निरन्तरता पाएसँगै म्यानचेस्टर युनाइटेडले शुक्रबार एभर्टनमाथि ३-१ को जितसहित एफए कपको चौथो चरणमा स्थान बनाएको छ ।

खेलको चौथो मिनेटमा एन्टोनीले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । १४औं मिनेटमा कोनर काउडेले एभर्टनलाई खेलमा फर्काएका थिए ।

५२औं मिनेटमा एभर्टनका काउडेको आत्मघाती गोलमा युनाइटेडले अग्रता लियो । इन्जुरी समयको सातौं मिनेटमा रासफोर्डले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको जित पक्का गरेका थिए ।

जारी सिजन सबैखाले प्रतियोगिता गरि युनाइटेडले जितेको यो लागातार सातौं खेल हो । २०१९ मा तत्कालिन प्रशिक्षक ओले गनर सोल्सायरको प्रशिक्षणपछि युनाइटेडले लगातार सात खेल जितेको यो पहिलो पटक हो ।

विश्वकप २०२२ को  विश्रामपछि युनाइटेड इङ्लिस प्रिमियर लिगमा पनि उच्च लयमा छ । युनाइटेड १७ खेलमा ३५ अंकसहित चौथो स्थानमा छ । यता फ्रयांक लाम्पार्डको टोली भने लगातार खराब लयबाट गुज्रिरहेको छ ।

प्रिमियर लिगमा एभर्टन १७ खेलको समाप्तीमा १५ अंकसहित १८औं स्थानमा छ ।