नेपाल टी२० लिग

टस जितेर काठमाडौं ब्याटिङमा

काठमाडौं । काठमडौं नाइट्सले नेपाल टी२० लिगअन्तर्गत समूहको अन्तिम खेलमा विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

काठमाडौं ९ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ समान खेलमा समान खेलमा समान अंक जोडेको विराटनगर चौथो स्थानमा छ । 

दुवै टोली जितसहित प्लेअफ प्रवेश गर्न चाहन्छन । विराटनगरसँगको हारले काठमडौंको प्लेअफ प्रवेश सम्भावना कमजोर बन्नेछ । पछिल्लो दुई खेलमा काठमाडौं फराकिलो रनले पराजित भएको थियो । लुम्बिनीसँग १ सय २ रनले पराजित काठमाडौं फार वेस्टसँग ८३ रनले हारेको थियो ।

१० खेलमा १६ अंकसहित शीर्ष स्थानमा बसेको लुम्बिनी अल स्टार्स र समान खेलमा १४ अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन । 

फार वेस्ट भने ९ खेलमा मात्र ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

आजै हुने अर्को खेलमा पोखरा एभेन्जर्स र फार वेस्टबीच प्रतिस्पर्धा हुनेछ ।