काउन्टर अट्याक

प्राण खोज्दै क्रिकेट, बेथितिको पहिरोबाट कस्ले निकाल्ने ?

काठमाडौं । नेपालको कानुनअनुसार यति ठूलो प्रतियोगिताको आयोजना अधिकार बेच्दा खुल्ला प्रतिस्पर्धामार्फत मात्र खरिदकर्ता चयन गर्नुपर्छ । अझ विदेशी कम्पनीलाई बेच्न त अनिवार्य रुपमा पहिला सरकारी स्वीकृति आवश्यक हुन्छ ।

भारतीय कम्पनीले यसअघि पनि नेपाली खेलकुदलाई ढाटिसकेको छ । यसपाली पनि भारतीय कम्पनीसँग सम्झौता गर्दा विचार पुर्याउनुपर्छ । अझ जम्मा एक करोड रुपैयाँ पुजी भएको कम्पनीसँग वार्षिक चार करोडको सम्झौता त गर्नै हुन्न । गरे पनि बैंक ग्यारेन्टी लिनुपर्छ ।

सेभेन थ्री स्पोर्टसको संलग्नता विगतमा बेटिङलगायतका कृयाकलापमा देखिन्छ । त्यसैले यस्तो कम्पनीलाई नेपालको क्रिकेट जिम्मा लगाउँनु निक्कै घातक हुन सक्छ । नेपाली क्रिकेट फेरि माथि उठाउनै नसकिने गरि बेटिङ र मिलोमतोको दलदलमा जाकिन सक्छ । देशकै बदनाम हुन सक्छ ।

सर्वोच्च अदालतमा मुद्धा विचाराधिन छ । अरु पनि धेरै संवेदनसिल कुराहरु उठिरहेका छन् । मुद्धाको टुंगो नलागेसम्म विदेशी कम्पनीसँग विवादास्पद सहकार्य नगरौं ।

खासगरि अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी २० को अधिकार सुम्पनका लागि यी सबैखाले सुझावको ‘रेडिमेड’ उत्तर हुन्थ्यो ।

कीर्तिपुरमा जारी नेपाल टी २० लिग नामको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुनुपूर्व नेपाल क्रिकेट संघ (क्यान)लाई आफ्नै कार्यकारी सदस्यहरुका साथै अरु थुप्रै सरोकारवालाले यसरी सम्झाउने प्रयास गरे । तर क्यानको नेतृत्व मानेन ।

खासगरि अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी २० को अधिकार सुम्पनका लागि यी सबैखाले सुझावको ‘रेडिमेड’ उत्तर हुन्थ्यो ।

नेपालका कुनै पनि कम्पनीले इच्छा देखाएका छैनन् । फेरि यति आकर्षक (आठ वर्षका लागि ३३ करोड, पहिलो वर्षका लागि तीन करोड ९० लाख रुपैयाँ) सम्झौताको प्रस्ताब पाउँनु नेपाली क्रिकेटका लागि ठूलो कुरा हो । खेलाडीले आकर्षक पारिश्रमिक पाउँछन् । नेपाली क्रिकेटको स्तरवृद्धिमा यो कोसेढुंगा साबित हुनेछ । सेभेन थ्रीसँग सम्झौता गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले स्वीकृति प्रदान गरिसकेको छ ।

विगतमा केकस्तो भयो, त्यो हामीले चासो दिने कुरा होइन । हामीले आधिकारिक सम्झौता गरेका छौं । कानुनी रुपमा सम्झौता गरेपछि भाग्न सक्दैन । त्यस्तो अनावश्यक शंका गर्ने हो भने त केही नगरे हुन्छ । फेरि सेभेन थ्री आइपिएललगायतका अन्य ठूला प्रतियोगिताहरुमा पनि काम गरिसकेको प्रतिष्ठित संस्था हो ।

क्यानले आयोजना अधिकार खरिदका लागि कुनै सार्वजनिक सुचना जारी गरेको थिएन । जसलाई आयोजना अधिकार दिन खोजेको हो, उसको बारेमा गहन अध्ययनमा समेत क्यान नेतृत्वले ध्यान दिएन । नेपाली सञ्चार माध्यममा प्रकासित समाचारहरुमा समेत क्यानले आँखा चिम्लियो । सेभेन थ्रीमात्रै नेपाली क्रिकेटको उपयुक्त गन्तब्य भएको बालहठमा रमाइरहयो ।

बेटिङ र मिलोमतोको कुरा नेपालमा अर्को फ्रेन्चाइज प्रतियोगिता गर्दै आएकाहरुले लगाएको निराधार आरोप हो । आइसिसी, क्यान र नेपाल सरकारको प्रत्यक्ष निगरानीमा हुने प्रतियोगितामा त्यस्तो गलत काम हुने कुनै सम्भावना रहन्न । केही भइहाले तत्काल कडा भन्दा कडा कार्वाही हुन्छ । यो भनेको नेपाली क्रिकेटको ‘गेमचेन्जर इभेन्ट’ हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने, देशको प्रतिष्ठा वृद्धि गर्ने र पर्यटन प्रवर्धनमा समेत यो प्रतियोगिताले ठूलो योगदान गर्नेछ ।

यस्तै ओठे जवाफ लगाएर क्यान नेतृत्व पन्छिइरहन्थ्यो । जवकि क्यानले आयोजना अधिकार खरिदका लागि कुनै सार्वजनिक सुचना जारी गरेको थिएन । जसलाई आयोजना अधिकार दिन खोजेको हो, उसको बारेमा गहन अध्ययनमा समेत क्यान नेतृत्वले ध्यान दिएन । नेपाली सञ्चार माध्यममा प्रकासित समाचारहरुमा समेत क्यानले आँखा चिम्लियो । सेभेन थ्रीमात्रै नेपाली क्रिकेटको उपयुक्त गन्तब्य भएको बालहठमा रमाइरहयो ।

प्रतियोगिता सुरु हुनैलाग्दा अर्को कुरा उठ्यो, विदेशी खेलाडी सहभागी गराउनुपूर्व अनिवार्य श्रम स्वीकृति चाहिने । तर क्यान नेतृत्वले त्यसमा पनि आँखा चिम्लियो । विना श्रम स्वीकृति विदेशी खेलाडीलाई खेलाउने कानुनविपरितको काम नेपाली क्रिकेटको सर्वोच्च निकायको नेतृत्वमा भयो ।

क्यान नेतृत्वले भनेजस्तै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम त पुग्यो, तर, मिलोमतो र विवादका शृंखलावद्ध समाचारसँगै । उनीहरुले दाबी गरेजस्तै प्रतियोगिता एक हदसम्म नेपाली क्रिकेटको ‘गेमचेन्जर इभेन्ट’ पनि भयो । तर, नेपाली क्रिकेटलाई माथि उचाल्नका लागि नभई मैदानभित्र अहिलेसम्म जोगाएको साख पनि इतिहासमै सबभन्दा तल झार्नका लागि मात्र ।  

सुरु हुनुपूर्व नै यससँग सम्बन्धितमध्ये सबभन्दा प्रतिष्ठित एउटा फ्रेन्चाइजले प्रतियोगिताबाट हात झिक्यो । कान्तिपुर मिडिया ग्रुपको काठमाडौं गोर्खाजले प्रतियोगिताका तमाम बेथिति कल्पना गरेर सुरुमै आफ्नो प्रतिष्ठित ब्राण्डलाई यससँग जोड्न चाहेन ।

खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रिन अस्विकार गर्दा एक दिन प्रतियोगिता प्रभावित भयो । क्यान नेतृत्वको मौखिक आश्वासनमा भर परेर खेलाडी मैदान त उत्रिए । तर अझैसम्म सबैले पारिश्रमिक पाएका छैनन् ।

सुरु हुनुपूर्व नै यससँग सम्बन्धितमध्ये सबभन्दा प्रतिष्ठित एउटा फ्रेन्चाइजले प्रतियोगिताबाट हात झिक्यो । कान्तिपुर मिडिया ग्रुपको काठमाडौं गोर्खाजले प्रतियोगिताका तमाम बेथिति कल्पना गरेर सुरुमै आफ्नो प्रतिष्ठित ब्राण्डलाई यससँग जोड्न चाहेन ।

रातारात अर्को फ्रेन्चाइज तयार गरियो । तर सबै फ्रेन्चाइजहरुको पूर्ण परिचय सार्वजनिक छैन । कतिपय ‘डमी’ फ्रेन्चाइज बनाएर प्रतियोगिता गरिएको आरोप छ । पहिल्यै अनुमान गरिएजस्तै सेभेन थ्री स्पोर्टसका मालिक जतिन आलुवालिया सुटुक्क भारत लागे ।

‘नेपालमा सुरक्षा थ्रेट’ भएको बहाना बनाएर बेपत्ता भएका उनले भारतबाटै अन्तरवार्ता दिएर क्यानले राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति नलिएको आरोप पनि लगाए । आफूले मिलोमतोको जानकारी पाएर केही दिन प्रतियोगिता रोक्न अनुरोध गर्दा क्यानले नमानेको आरोप लगाएका आलुवालियाले परिषदको स्वीकृतिसँगै अदालतमा मुद्धा नटुंगिएसम्म आफूले बाँकी पैसा नदिने भन्दै आर्थिक दायित्वबाट पन्छिने संकेत गरिसकेका छन् । तीन करोड ९० लाख रुपैयाँ दिनुपर्ने सेभेन थ्री स्पोर्टसले एक करोड २० लाख रुपैयाँ मात्र दिएको छ ।

सेभेन थ्रीसँग सम्झौता गर्नुपूर्व, सम्झौतापछि प्रतियोगिता हुनुपूर्व र प्रतियोगिता दौरान सरोकारवालाहरुले व्यक्त गरेका सबैजसो कुरा समयक्रमसँगै प्रमाणित भइरहेका छन् ।

श्रम स्वीकृतिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेपछि कतिपय विदेशी खेलाडी विभिन्न बहाना बनाएर घर फर्किए । सुरुमै सचेत गराइएजस्तै बेटिङमा संलग्न रहेका दर्जनौं सट्टेवाजलाई नेपाल प्रहरीले पक्राउ गरिसक्यो ।

सेभेन थ्रीसँग सम्झौता गर्नुपूर्व, सम्झौतापछि प्रतियोगिता हुनुपूर्व र प्रतियोगिता दौरान सरोकारवालाहरुले व्यक्त गरेका सबैजसो कुरा समयक्रमसँगै प्रमाणित भइरहेका छन् ।

तैपनि क्यान नेतृत्व भन्दैछ, ‘हामीले परिषद र आइसिसीको स्वीकृति लिएरै प्रतियोगिता गरेका हौं । क्यानको बोर्डका कसैले पनि असहमति जनाएका थिएनन् । सेभेन थ्री स्पोर्टस भागेको छैन । सबै पैसा ल्याउँछौं । मिलोमतो र बेटिङका कुरा निराधार हुन् । प्रतियोगिता भव्यताका साथ भइरहेको छ । काम गर्दा सामान्य अप्ठेरा त आइहाल्छन् ।’

क्यान नेतृत्वको विचारमा नेपाली क्रिकेटसँग मिलोमतो र बेटिङ जोडिएर पहिलो पटक अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समाचार आउनु सामान्य अप्ठेरो मात्र हो । स्वयम क्यानले आफूलाई भन्दा बढि पत्याएको सेभेन थ्रीका मालिक आलुवालिया तथा प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले नै मिलोमतो भएको भन्नु निराधार आरोप हो । नेपाल प्रहरीले बेटिङ गर्दै गरेको अवस्थामा पक्राउ गरेका घटनाहरु मिथ्या हुन् ।  देशको कानुन ठाडै मिचिँदा त्यसको आलोचना हुनु कुनै गम्भीर विषय होइन । नेपाली क्रिकेटमात्र नभई देशकै प्रतिष्ठा दाउमा लाग्नुले क्यान नेतृत्वलाई दुखेको देखिएन ।

यसपालीको समितिले के गर्ला ? त्यो अनुमान गर्न सकिन्न । आशा गरौं, यो समिति नेपाली क्रिकेटको भविश्य जोडिएको विषयमा ‘सेफल्यान्ड’ गर्ने माध्यम नहोस । यसले गम्भीर अनुसन्धान गरेर प्रतिवेदन बुझाओस र त्यसको कार्यान्वयन होस ।

त्यसोत नेपाली खेलकुदमा जवाफदेहिता खोज्नु आफैमा अप्ठेरो कुरा हो । तथापि राष्ट्रिय खेलकुद परिषदले नेपाल टी २० का तमाम विवादबारे छानविन गर्न समिति बनाएको छ । विगतमा पनि सरकारी निकायबाट थुप्रै विषयमा यस्ता समितिहरु बनेका इतिहास छन् । कतिपय अवस्थामा घटनालाई ‘सेफल्यान्ड’ गर्ने काम समितिले गर्थे । कतिपय अवस्थामा चाँही समितिले दिएको प्रतिवेदन ‘डस्टबिन’मा फ्याकिएका घटना थुप्रै छन् ।

यसपालीको समितिले के गर्ला ? त्यो अनुमान गर्न सकिन्न । आशा गरौं, यो समिति नेपाली क्रिकेटको भविश्य जोडिएको विषयमा ‘सेफल्यान्ड’ गर्ने माध्यम नहोस । यसले गम्भीर अनुसन्धान गरेर प्रतिवेदन बुझाओस र त्यसको कार्यान्वयन होस ।

त्यसोत अदालतमा मुद्धा अझै टुंगो लागेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको सिआइबीले पनि अनुसन्धान गरिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसियु)ले पनि यो प्रकरणलाई विशेष महत्वका साथ लिएका छन् ।

त्यसकारण पनि यसपाली दोषी उम्कन नपाउने आशा गर्न सकिन्छ । कम्तिमा पनि नेपाली खेलकुदमा पदाधिकारीहरुलाई जवाफदेहिताको कठघरामा उभ्याउने काम होस । यतिधेरै बेथिती र विवादको उपयुक्त कानुनी उपचारका साथै व्यावसायिक सुद्धिकरण पनि आवस्यक छ । अन्यथा विश्वकपसम्म पुगेर देशको शान उच्च बनाएको क्रिकेट नै देशको बदनामीको अर्को एउटा माध्यम भइरहनेछ ।