सिरी ए

टोलीले महत्वाकाक्षी योजना बनाउने समय आयोः माल्डिनी

मिलान । इटालियन सिरी ए को क्लब एसी मिलानका निर्देशक पाओलो माल्डिनीले  महत्वकाक्षी योजना बनाउने समय आएको बताएका छन् ।

गत सिजन ११ वर्षपछि सिरी ए को उपाधि जित्दै मिलानले उपाधि खडेरी तोडेको थियो । 

‘लिग उपाधि जित्नु उत्कृष्ट क्षण थियो । हामी ११ वर्षपछि विजेता बन्न पाउँदा निकै खुसी भएका थियौं’माल्डिनीले भने‘मलाई लाग्छ त्यतीले मात्र सन्तुष्ट हुनु हँदैन । अब थोरै महत्वकाक्षी योजना बनाउने समय आएको छ । हामीले लिग भन्दा माथिको लक्ष्य राख्नुपर्छ र क्लब त्यसका लागि सक्षम पनि छ ।’

लिग उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको मिलान हाल नेपोली भन्दा आठ अंकले पछि रँहदै दोस्रो स्थानमा छ । 

कतार विश्वकप २०२२ मा मिलानका खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन ।

फ्रान्सलाई फाइनलसम्म पु¥याउन ओलिभर जिरौउड र थियो हर्नान्डेजले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका छन । पोर्चुगल क्वार्टरफाइनलबाटै बाहिरिए पनि राफेल लियोले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । 

‘विश्वकपको आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको हेर्दा गर्व महसुस भइरहेको छ’ माल्डिनीले भने‘ उनीहरुको प्रदर्शनले पनि अब हामीले माथिल्लो स्तरको प्रतियोगितामा पनि राम्रो गर्न सक्छौ भन्ने आत्मविश्वास बढेको छ ।’