टेस्ट क्रिकेट

अहमेदले ब्रायनको कीर्तिमान तोड्ने सम्भावना

कराँची। रिहान अहमेद इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा डेब्यु सबैभन्दा कान्छा पुरुष खेलाडी बन्ने  सम्भवना बढेको छ ।

कराँचीमा शनिबारबाट सुरु हुने  पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम खेलमा मैदान उत्रिँने मैका पाएमा अहमेदले यो कीर्तिमान  कायम  गर्नेछन । लियम लिभिङस्टोनले घाइते भएका कारण तेस्रो टेस्ट गुमाउँदा  स्पिनर अहमेदले  मौका पाउने सम्भावना बढेको हो ।

पाकिस्तानविरुद्ध खेल्ने मौका पाएमा अहमेदको  उमेर १८ वर्ष एक सय २६ दिनको हुनेछ । अहमेदले पूर्वकप्तान ब्रायन क्लोजले सन् १९४९ मा कायम गरेको १८ वर्ष एक सय ४९ रनको कीर्तिमान भङ्ग गर्न लागेका हुन ।

इङ्ल्यान्डका लागि सबैभन्दा कम उमेरमा टेस्ट डेब्यु गर्ने खेलाडी भने होली कोल्भिन हुन । सन् २००५ मा अस्ट्रेलियाको महिला टोलीविरुद्ध मैदान उत्रिँदा होलीको उमेर मा १५ वर्ष तीन सय ३६ दिनको थियो ।