फ्रेन्च लिग वान

म नहुँदा फ्रेन्च लिग वानको सान घट्योः इब्राहिमोभिच

पेरिस । ज्लाटान इब्राहिमोभिचले किलियन एमबाप्पे, नेइमार र लियोनल मेसीजस्ता स्टार खेलाडी भए पनि आफुविना फ्रेन्च लिग वानको सान गुम्दै गएको दाबी गरेका छन् ।

इब्राहिमोभिचले सन् २०१२ देखी २०१६ सम्म पेरिस सेन्ट जर्मन (पिएसजी)बाट खेलेका थिए । यस क्रममा उनले सबैखाले प्रतियोगिता गरि १२ उपाधि जितेका थिए । इब्राहिमोभिचले लगातार चार सिजन पिएसजीबाट लिग वानको उपाधि जितेका थिए । 

उनले पिएसजीबाट एक सय ५६ गोल गरेका थिए । इब्राहिमोभिच हाल इटालियन सिरी ए को क्लब एसी मिलानमा छन् । उनले लिग वानमा आफ्नो अनुपस्थिती खड्एिको दाबी गरेका हुन् ।

‘मैले पिएसजी छोडेपछि फ्रेन्च लिग वानको जुन उचाई थियो, त्यो घट्दै गएको छ’,इब्राहिमोभिचले भने, ‘लिगको रौनकता नै छैन । लिग वानले आफ्नो रौनकता फर्काउन म त्यहाँ फर्कनुपर्छ । तर मलाई आफ्नो स्वभाविक लयमा रहन लिग वानमै फर्कनुपर्छ भन्ने छैन । म फुटबलको भगवान हुँ,त्यसैले नेइमार, एमबाप्पे र मेसीको उपस्थितीले मात्र लिग वानको रौनकता फर्किदैन ।’