नेपाल ओलम्पिक कमिटी

ओसीए ‘डेभलेपमेन्ट प्रोगाम’ मा नेपालका १५ प्रशिक्षक र रेफ्री

काठमाडौं । एसियाली ओलम्पिक कमिटीको ‘ओसीए डेभलेपमेन्ट’ कार्यक्रममा नेपालका चार खेलका १५ प्रशिक्षक र रेफ्रीले सहभागिता जनाउने भएका छन् । उज्वेकिस्तानको तास्केन्टमा कार्यक्रम नोभेम्बर ३ देखि ७ सम्म आयोजना हुनेछ ।

नेपालका तर्फबाट कार्यक्रममा भारोत्तोलनमा रेफ्री तिलकबहादुर राउत क्षेत्री र रामसुन्दर श्रेष्ठ तथा प्रशिक्षकमा रामबहादुर पौडेल र संजयकुमार महर्जनले सहभागिता जनाउने छन् ।

त्यस्तै बक्सिङका रेफ्री रामचन्द्र थापा र धनकुमार मैनाली तथा प्रशिक्षक कृष्ण सुनार र दीपक महर्जन, पौडीका रेफ्री जेनिफर लामा र विष्णु क्षेत्री खड्का तथा प्रशिक्षक विजेनमान श्रेष्ठ र नयना शाक्यले कार्यक्रममा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ । जुडोबाट रेफ्री शिवबहादुर बराम तथा प्रशिक्षक इन्द्र महर्जन डंगोल र देवु थापाले भाग लिनेछन् ।

कार्यक्रममा सहभागिता जनाउन त्यसतर्फ जान लागेका प्रशिक्षक तथा रेफ्रीहरुलाई एनओसीका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले विदाई गरे ।