सुनकोठी सिटी एफसी

सुनकोठी सिटी एफसी विजयी

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन छनोटको दोस्रो खेलमा सुनकोठी सिटी एफसी विजयी भएको छ । सविन मगरको पावर सट अमरसिंहका गोलकिपरले नियन्त्रण गर्न नसकेपछि २५ औं मिनेटमा श्याम मुर्मुरले पहिलो गोल गरेका थिए ।

दोस्रो गोल रोमन भुजेलको पासको सदुपयोग गर्दै हिशुभ थपलियाले गरेका थिए । सुनकोठीले खेलमा पूर्ण प्रभुत्व जमाएको थियो भने तेस्रो गोल सविन मगरले अमरदीप तामाङको उत्कृष्ट असिस्टमा गरेका थिए ।

दोस्रो हाफमा छैटौं मिनेटमा अमरसिंहले गोल गर्दै पुनरागमन गर्ने प्रयास गरे पनि सुनकोठी सिटी एफसीको दबदबा रोक्न सकेन । सुनकोठी सिटीका लागि हिशुब थपलियाले उत्कृष्ट भलीमार्फत चौथो गोल गरे भने ६९औं मिनेटमा सौरभ लिम्बुले दिएको पासमा रोहित सुब्बाले पाँचौं गोल गरे ।

सुनकोठी सिटी एफसीका कप्तान पदम भट्टराईले ७५ औं मिनेटमा विश्वस्तरीय हेडिङ गोल गर्दै सुनकोठी सिटी एफसीलाई ६–१ को अग्रता दिलाएका थिए । सुनाकोठीका लागि सातौं गोल सबस्टिच्युट सानुका राईले गरेका थिए भने आठौं गोल हिसुभ थपलियाले ह्याट्रिक गरेका थिए ।

सुनकोठी सिटी एफसी विपक्षी पोष्टमा १३ गोल गर्दै समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने अहिलेसम्म एउटा मात्र गोल खाएको छ । सुनकोठी सिटीले आफ्नो पहिलो नकआउट खेल कार्तिक २२ गते एन्फा कम्प्लेक्समा दिउँसो ३ः३० बजे समूह एफको विजेता गोर्खा ब्वाइजसँग खेल्नेछ ।