नवौं राष्ट्रिय खेलकुद

गण्डकीको टिममा राष्ट्रिय टोलीका गोलकिपर

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्कीले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको टोलीबाट खेल्ने भएका छन् ।

राष्ट्रिय महिला टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको गण्डकीको टोलीबाट दीपसहित राष्ट्रिय खेलाडीहरु त्रिदेव गुरुङ, कमल थापा र सुवाष गुरुङ पनि छन् । यसैगरी यु २३ राष्ट्रिय टोलीबाट खेलिसकेका जय गुरुङ, मानबहादुर तामाङ पनि गण्डकीको टोलीमा छन् ।

हालै बहराइनमा सम्पन्न एएफसी यु २० एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीबाट खेलेका सुमित श्रेष्ठ तथा अस्विन गुरुङ, विश्व अधिकारी, दीपेश आले मगर, कमल थापा, मुकुन्द न्युरे, इन्द्रबहादुर कुँवर, सुमित श्रेष्ठ, जीवन गुरुङ, सरोज योन्जन, विषन गुरुङ, विजय श्रेष्ठ, विरेन्द्र सारु, प्रकाश पुन, आकाश थापा मगर, आशिष गुरुङ र सुवाष गुरुङ गण्डकीको पुरुष फुटबल टोलीमा परेका छन् ।

टोलीका प्रशिक्षक तामाङले आफ्नो टोली सन्तुलित रहेको बताउँदै स्वर्ण पदकमा दावेदारी रहने बताए । ‘हामी पनि स्वर्ण पदकको दाबेदार हौं जस्तो लाग्छ । अरु टिम पनि बलिया छन् । कसैलाई कमजोर आँक्ने कुरा हुँदैन । पक्कै पनि प्रतिस्पर्धा कडा हुन्छ । तर हामीलाई घरेलु मैदानको साथ छ,’ तामाङले भने ।