सन्दीप लामिछाने

सन्दीपलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई हिरासतमै राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

नाबालिग बलात्कारको आरोपमा परेर केही समय फरार रहेर बिहीबार नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । उनलाई प्रहरीले थप १० दिन हिरासतमा राख्नका लागि प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।

यद्यपि, अदालतले पक्राउ परेको दिन २० गतेदेखि नै जोडेर सात दिनको मात्र अनुमति दिएको छ । जसकारण उनलाई असोज २७ गते पुनः अदालतमा हाजिर गराउनु पर्नेछ ।

सन्दीपमाथि भदौ पाँच गते एक नाबालिगलाई सिनामंगलको होटलमा लगेर पटक–पटक बलात्कार गरेको अरोप लागेको छ । उनीमाथि गौशाला प्रहरी वृतमा उजुरी परेको थियो । पीडित किशोरीकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत साता मात्र उनीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको थियो ।

सन्दिपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेपाल क्रिकेट संघ ९क्यान०ले पनि उनलाई राष्ट्रिय टोली र कप्तानबाट निलम्बन गरेको थियो ।

क्याराबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दिप  नेपालमा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए ।