पहिलो रोजाईमा प्रिती र सविता

काठमाडौं, (खेलाडी)- बंगलादेशविरुद्ध दुई खेलको मैत्रीपूर्ण शृंखलाअन्तर्गत आज साँझ साढे पाँच बजे पहिलो खेल खेल्ने तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो एघार सार्वजनिक गरेको छ ।

नेपालबाट पहिलो एघारमा कप्तान रेणुका नगरकोटीसहित गिता राना, हिराकुमारी भुजेल, अमृता जैसी, प्रिती राई, विमला चौधरी, एन्जिला तुम्बापो सुब्बा, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन, पुजा राना, सविता राना मैदान उत्रिनेछन् । प्रिती र सविताको राष्ट्रय टिममा यो पहिलो खेल हुनेछ ।

नियमित स्टार स्ट्राइकर सावित्रा भण्डारी घाइते भएका कारण टोलीमा उनको उपस्थिती हुने छैन । सावित्राको अनुपस्थितीमा आक्रमणको जिम्मेवारी प्रितीले सम्हाल्दा सविताले मिड्फिल्डबाट खेल्नेछिन ।

अस्ट्रेलियाका ग्यारी फिलिप्सले मुख्य प्रशिक्षकका रुपमा नेपाली टोलीको नेतृत्व गर्नेछन् भने बंगलादेशको टोली गोलाम रोबानी चोटोनको प्रशिक्षणमा मैदान उत्रिनेछ ।

नेपालका रेफ्री कबिन व्यन्जनकारले म्याच रेफ्रीको रुपमा खेल खेलाउनेछन् भने विना श्रेष्ठ र नानीराम थापाले सहायक रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।