ह्यारी मग्वायर

'मग्वायरप्रति भएको आलोचना अहिलेसम्म देखेको थिइन'

काठमाडौं । लुक सले इङ्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका सहकर्मी ह्यारी मग्वायरले फुटबलमा यसअघि कहिले पनि नदेखेको आलोचना सहनु परेको बताएका छन् ।

सोमबार इङ्ल्यान्ड र जर्मनीबीचको ३-३ को बराबरी भएको खेलमा सेन्टर ब्याक मग्वायरले दुई वटा गोल गर्ने अवसर खेर फालेका थिए ।

प्रिमियर लिगको सिजनको सुरुआतमा युनाइटेडको पहिलो रोजाइमा नपरेका उनीमाथि इङ्ल्यान्ड टिममा छनोट हुन र ग्यारेथ साउथगेटको सुरुआती ११ मा स्थान पाएकोमा प्रश्न गरिएको छ ।

‘ह्यारी उत्कृष्ट खेलाडी हो, उसले यसअघि फुटबलमा कहिले नदेखेको आलोचना अहिले सुन्नु परेको छ,’ सले बीबीसी रेडियोसँग भने ।

‘सबैलाई उ अप्रत्यासित खेलाडी हो भनेर थाहा छ, यो समयमा आत्मविश्वास कमजोर भएको हुन्छ, किनकी उसलाई सबै दुनिया उस्को खिलापमा रहेको जस्तो महसुस हुन सक्छ,’ सले थपे ।

‘यो ह्यारीका लागि गाह्रो छ, तर हामी खेलाडीहरु सबै उसको साथमा छौं । किनकी उ धेरै नै महत्वपूर्ण खेलाडी हो । यसले ग्यारेथ प्रतिको विश्वास देखाउँछ, किनकी उसले यो हप्ता दुवै खेल खेलको छ । र युरोमा पनि राम्रो प्रदर्शन गरेको थियो ।’

‘मान्छेहरुले मग्वायर इङ्ल्यान्ड टिमको महत्वपूर्ण पाटो हो भन्ने कुरा बुझ्नुपर्छ स्वीकार गर्नुपर्छ’

मग्वायरको क्लब र देश दुवैका लागि फर्मका लागि गरेको संघर्स नयाँ होइन, २९ वर्षिय मग्वायरले युनाइटेडमा खराब समय गुज्रिरहेका बेला मार्चमा सम्पन्न आइभेरी कोस्टकासँगको मैत्रीपूर्ण खेलमा उनीविरुद्ध समर्थकले नकारात्मक हुटिङ गरेका थिए । त्यसको अर्को महिना बम राखेको धम्कि आएपछि उनको घरमा पुलिसले निरिक्षण गरेको थियो ।

युनाइटेडका कप्तान मग्वायरले अष्ट्रेलियामा आयोजना भएको प्रि सिजन टूरमा पनि समर्थकबाट राम्रो प्रतिकृया पाएका थिएनन् । उनले यस सिजन प्रिमियर लिगका तिन खेल मात्रै खेलेका छन् ।

त्यहिपनि इङ्ल्यान्डका प्रशिक्षक साउथगेटल उनीमाथिको विश्वास भने कायम राखेका छन् । तर, उनले देखाएको विश्वास यस हप्ता नेसन्स लिगमा पूरा गर्न सकेनन् ।

गत शुक्रबार इटालिसँग पारजित भएसँगै इङ्ल्यान्ड नेसन्स लिग गु्रपबाट रेलिगेट भयो । त्यसपछि मग्वायर खेलाडी रेटिङमा १० मध्य ३.८७ मात्र पाएका थिए । वेम्ब्लीमा सम्पन्न जर्मनी सँगको ३-३ को बराबरीपछि उनको रेटिङ २.५८ मा झरेको थियो ।

‘ह्यारीको पिडा महसुस गर्नुस्..उसको सबै गल्तिलाई सजाय दिइएको छ। उ मानसिक रुपमा बलियो हुन जरुरी छ,’ पूर्व इङ्ल्यान्ड र युनाइटेडका डिफेन्डर रियो फर्डिनान्डले जर्मनीसँगको खेलका दौरान ट्विटरमार्फत लेखेका थिए ।

इटालीसँगको खेलपछि मग्वायरले इमान्दारिता पूर्वक भन्नु पर्दा आफू हल्लाहरुको पछि नलाग्ने बताएका थिए । 

‘म म्यान्चेस्ट युनाइटेडको कप्तान हुँ र इङ्ल्यान्डका क्लब मध्य युनाइटेडका बारेमा अहिले सबैभन्दा धेरै कुरा गरिन्छ, त्यसैले यदि मैले अरुको हल्लाको पछि लागेको भए सँधै त्यहि हल्लाको पछि हुन्थे मैले सुनिन,’ उनले भने ।

म यस्तो खेलाडी हुँ जस्ले सँधै सुरुआती ११ मा स्थान बनाएको छु, त्यसैले यो समय मेरालागि फरक छ, र यो कुराको बानि होस भन्ने चाहान्न । तर अब मैले प्रशिक्षणमा कडा मेहेनत गर्न आवश्यक छ र मौका पाउँदा त्यसका लागि म तयार छु । किनकी त्यो मौका आउँछ,’ मग्वायरले थपे ।