ट्वान्टी२० शृंखला

शृंखलामा पाकिस्तानलाई अग्रता

कराँची । आमिर जमालले डेब्यु खेलमै एक विकेट लिनुका साथै अन्तिम ओभरमा सम्हालिएको बलिङ प्रदर्शन गरेसँगै पाकिस्तानले बुधबार पाँचौ ट्वान्टी२० खेलमा इङल्यान्डमाथि ६ रनको जित  निकालेको छ ।

यस जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको छ । 

पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र जोड्न सक्यो ।
इङल्यान्डलाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो । जमालको पहिलो र दोस्रो बलमा इङल्यान्डका कप्तान मोइन अलीले कुनै रन जोड्न सकेनन । तेस्रो बल जमालले वाइड फ्याके । चार बलमा १५ रन आवश्यक रहेको अवस्थामा अलीले तेस्रो बलमा छक्का प्रहार गर्दै इङल्यान्डलाई जिततर्फ डोहोर्याउने संकेत गरेका थिए । चौथो बलमा अलीले कुनै रन जोड्न सकेनन । पाँचौ बलमा अलीले एक रन जोडे भने अन्तिम बलमा वेल्लीले पनि कुनै रन जोड्न सकेनन् । 

इङल्यान्डका अलीले ३१ बलमा दुई चौका र चार छक्का मद्दतमा अविजित ५१ रन जोड्दा डेविड मालनले ३६ रन जोडे । 

पाकिस्तानका हरिस रौफले दुई तथा जमाल,अहमेद, सडाब खान,मोहम्मद नवाज र मोहम्मद नासिमले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल खडा गरेको थियो । 

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४६ बलमा तीन चौका र तीन छक्का मद्दतमा ६३ रन जोड्दा अहमेदले १५ रन जोडे ।

इङल्यान्डका मार्क उडले तीन, साम कुरान र डेविड वेल्लीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए ।