भारत र दक्षिण अफ्रिका शृंखला

दक्षिण अफ्रिकाले भारतलाई दियो १०७ रनको लक्ष्य

नयाँ दिल्ली । ट्वान्टी २० शृंखलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतसामूएक सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ग्रीनफिल्ड अन्तर्राष्ट्रिय रंगशालामा टस हारेपछि ब्याटिङमा निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६ रनको योगफल तयार गर्यो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्न अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।

भारतले दक्षिण अफ्रिकासँग तीन खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।