नेपाली फुटबल

नेपालको सुरुआती ११ सार्वजनिक

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती ११ सार्वजनिक भएको छ ।

नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले किरण चेम्जोङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट लगायत सिनियर खेलाडीलाई पहिलो रोजाइमा राखेका छन् ।

नेपालले बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

किरण चेम्जोङ (कप्तन, गोलकिपर), रोहित चन्द, अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अञ्जन विष्ट