नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद: प्रत्येक खेल संघलाई दुई लाख

काठमाडौं । असोज अन्तिममा सुरु हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी ३६ खेलका प्रत्येक संघहरुले २ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदले मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममार्फत प्रतियोगिता सञ्चालनका लागि दुई लाखबाहेक अन्य सुविधा भने नदिने जानकारी दिएको छ ।

‘सो बजेटबाट विषयगत समितिबाट सम्पादन हुने कार्यबाहेक प्रतियोगिता सञ्चालनका अवसरमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन सम्बन्धित संघले नै गर्नुपर्ने,’ विज्ञप्तिमा उल्लेख ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । पोखरालाई आधार बनाएर गण्डकी प्रदेशमा असोज २८ गतेदेखि हुने प्रतियोगिताबारे मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममार्फत राष्ट्रपतिबाट उद्घाटन हुने बताएको हो ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेल सहभागी हुनेछन् । यस्तै प्रतियोगिता सकिएको ३५ दिनभित्र पेश्की फर्स्यौट गर्ने राखेपले बताएको छ ।