बार्सिलोना

क्लबको दबाबमा शल्यक्रियाको निर्णय लिएको होइनःअरुजो

मड्रिड । बार्सिलोनाका रक्षक रोनाल्ड अरुजोले क्लबको दबाबमा नभई व्यत्तिगत निर्णयमा तिघ्राको शल्यक्रिया गराउन लागेको दाबी गरेका छन् ।

शल्यक्रियापछि उरुग्वेका रक्षक अरुजोले दुई महिनापछि कतारमा आयोजना हुने विश्वकप गुमाउने निश्चित छ । बार्सिलोनाले केही दिन अघि मात्र अरुजोको तिघ्राको शल्यक्रिया गरिन लागेको जनाएको थियो । जुन शल्यक्रिया बुधबार फिनल्यान्डमा हुने बताइएको छ । उनी करिब तीन महिना मैदान बाहिर रहने पनि बताइएको छ ।

उरुग्वेका समर्थकले भने सामाजिक संजालमा अरुजोले क्लबको दबाबमा राष्ट्रलाई धोका दिएको आरोप लगाउँदै उनको आलोचना गरिरहेका छन् । 

‘म के स्पष्ट पार्न चाहन्छु भने शल्यक्रिया गराउने मेरो व्यत्तिगत निर्णय हो । क्लबको दबाबमा लिइएको निर्णय होइन’, उनले भने,' म मेरो राष्ट्र र मेरो टोलीलाई माया गर्छु । धेरै चिकित्सकहरुको सल्लाहपछि मैले तिघ्राको शल्यक्रिया गराउने निर्णय लिएको हुँ । क्लबले ममाथि कुनै दबाब दिएको छैन । म पूर्ण रुपमा फिट हुँदै छिट्टै मैदान फर्कनेमा आशाबादी छु ।'

कतार विश्वकपमा उरुग्वेले समूह एच मा पोर्चुगल, दक्षिण कोरिया र घानासँग प्रतिस्पर्धा गर्नेछ ।