महिला बास्केटबल विश्वकप

विश्वकपमा आफ्नै सहकर्मीलाई मुक्का

सिड्नी । महिला बास्केटबल विश्वकपमा सहभागी मालीका खेलाडी आफ्नै सहकर्मीसँग झगडा गरेका छन् ।

सोमबार सर्वियासँग ८१–६८ ले पराजित भएपछि विश्वकपमा लगातार चौथो हार बेहोरेको मालीले यसअघि जापान, घरेलु टिम अस्ट्रेलिया र फ्रान्ससँग पराजित भएको थियो ।

जितपछि सर्वियाका खेलाडी सासा काडो सर्वियन टेलिभिजनलाई अन्तर्वाता दिइरहेका बेला मालीका सलिमाटो कोउरोमाले कमिटे एलिजावेथ डाबोउलाई तीन मुक्का प्रहार गरिन् । यी दुईको झगडा मिलाउन मालीका अन्य खेलाडीहरु अघि सरे ।

विश्वकपको समूह ‘बी’ मा रहेको मालीले आफ्नो अन्तिम खेलमा क्यानडासँग खेल्ने तालिका छ ।