फिल फोडेन

६ वर्ष सम्झौता थप्ने तयारीमा फोडेन

लन्डन । इङ्लिस मिडफिल्डर फिल फोडेन म्यानचेस्टर सिटीसँगको सम्झौता ६ वर्ष लम्ब्याउन तयार भएका छन् । पछिल्लो समय निरन्तर सिटीको सुरुआती ११ मा पर्दै आएका फोडेनसँगको सम्झौता बढाउन क्लब आतुर छ ।

पेप ग्वार्डिओलाको प्राथमिकतामा रहेका फोडेनलाई ६ वर्षको नयाँ सम्झौता सिटीले प्रस्ताव गरिसकेको छ । र, फोडेन पनि त्यसमा सकारात्मक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

फोडेनको सिटीसँगको सम्झौता अझै दुई वर्ष बाँकी छ । तर, सिटी युवा स्टार फोडेनलाई अझै धेरै समय इदिहादमै राख्न चाहन्छ ।