एलान

एलानले छाडे एभर्टन

लन्डन । ब्राजिलियन मिडफिल्डर एलानले इङ्लिस क्लब एभर्टन छाडेका छन् । फ्रान्क लाम्पार्ड मुख्य प्रशिक्षक भएर गोडिसन पार्क आएसँगै सुरुआती ११ मा स्थान बनाउन संघर्षरत एलान अवुधावीको अल वाहदा क्लबसँग अनुबन्ध भएका छन् ।

दुई वर्षअघि कार्लो एन्सेलोटीले एलानलाई एभर्टन लगेका थिए । जहाँ उनले ५७ खेल खेलिसकेका छन् ।

यद्यपि, लाम्पार्डको आगमनपछि एलानले एक मिनेट पनि खेल्ने मौका पाएका छन् । एभर्टनले गाना गुवे र अमाडो ओनाना जस्ता खेलाडीलाई यसै सिजन भित्र्याएपछि उनको सम्भावना अझै न्युन हुँदै गएको थियो ।

अल वाहदाले ३१ वर्षीय ब्राजिलियन मिडफिल्डरलाई अनुबन्ध गरेको पुष्टि गरेको छ । ब्राजिलबाट १० खेल खेलेका एलान अन्तिम पटक २०२० को नोभेम्बरमा खेलेका थिए ।

गत वर्ष युएई प्रो लिगमा दोस्रो भएको अल वाहदा क्लब एलानको कअियरको पाँचौँ क्लब हो । यसअघि उनले भस्को डा गामा, उडिनेसी, नेपोलीबाट पनि खेलिसकेका छन् ।