इङ्ल्यान्ड

मेरो जागिर सुरक्षित छैन: साउथगेट

लन्डन । ग्यारेथ साउथगेटले खराब नतिजा निस्किए कतार विश्व कपपछि आफ्नो जागिर समाप्त हुन सक्ने स्वीकारेका छन् । इङ्लिस प्रशिक्षक ५२ वर्षीय साउथगेटको सम्झौता सन् २०२४ को युरोपियन च्याम्पियनसिपसम्म छ ।

तर, यदि कतारमा पनि खराब नतिजा निस्किए उनी बर्खास्त हुनबाट बच्ने छैनन् । इङ्ल्यान्डले विश्व कपअघिको अन्तिम खेल सोमबार राति नेसन्स लिगमा सोमबार राति जर्मनीसँग खेल्दै छ ।

नेसन्स लिगका पछिल्ला पाँच खेलमा जितबिहीन इङ्ल्यान्डले एक गोल मात्रै गरेको छ । त्यो एक मात्र गोल ह्यारी केनको थियो । जुनमा खेलेको पहिलो लेगमा केनले जर्मनीविरुद्ध नै पेनाल्टीमा गोल गरेका थिए ।

शुक्रबार राति इटालीसँग पराजित भएसँगै समर्थकले साउथगेटको तीव्र आलोचना गरिरहेका छन् ।

‘म मुर्ख छैन,’ उनले भने, ‘मलाई थाहा छ मेरो परीक्षण विश्वकपमा हुनेछ ।’

सम्झौताले फुटबलमा प्रशिक्षकको जागिरको सुनिश्चितता नहुने पनि साउथगेटले बताएका छन् ।