युइएफए नेसन्स लिग

स्पेनविरुद्ध स्वभाविक प्रदर्शनले निरन्तरता पाउने डोल्टाको विश्वास

लिस्बन । पोर्चुगलका डियागो डोल्टाले युइएफए नेसन्स लिगमा मंगलबार स्पेनविरुद्धको खेलमा पनि स्वभाविक प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।

पोर्चुगल शनिबार चेक रिपब्लिकमाथि ४-० को सहज जितसहित ग्रुप ए टु को शीर्ष स्थानमा उक्लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो । यता फाइनलको अर्को प्रत्यासी स्पेन भने शनिबार सम्पन्न अर्को खेलमा स्विट्जरल्यान्डसँग २-१ ले पराजित भएको थियो ।

पोर्चुगल पाँच खेलमा १० अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको स्पेनको आठ अंक छ । तेस्रो स्थानको स्विट्जरल्यान्डको ६ अंक छ भने तेस्रो स्थानको चेक रिपब्लिकको चार अंक छ । 

पोर्चुगलका लागि मंगलबार समूह चरणको अन्तिम खेलमा स्पेनलाई अंक बाँडे पनि त्यो नतिजा फाइनल प्रवेशका लागि पर्याप्त हुनेछ । स्पेनसँगको हारले भने पोर्चुगलको फाइनल प्रवेशको बाटो बन्द हुनेछ ।

३३औं मिनेटमा डोल्टाले गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले गरेको गोलमा पोर्चगलले अग्रता दोब्बर पारेको थियो ।

५२औं मिनेटमा डोल्टाले पोर्चुगलको अग्रता ३० मा पुर्याएका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा डियागो जोटाले पोर्चुगलकालागि चौथो गोल गरेका थिए ।

‘आज चेक रिपब्लिकविरुद्ध हामी जुन आक्रामक रणनितीमा मैदान उत्रिएका थियौ,स्पेनविरुद्ध त्यसमा कुनै परिवर्तन हुँदैन,' डोल्टाले भने,' विश्वकप अघि स्वभाविक लयमा रहनु निकै महत्वपूर्ण छ । हामी स्पेनविरुद्धको खेला जितसहित फाइनल प्रवेश गर्न चाहन्छौ ।'