फ्रान्स

डेम्बेलेले डेनमार्कविरुद्धको खेल गुमाउने सम्भावना

कोपनहेगन । फ्रान्सका ओसामाने डेम्बेलेले खुट्टाको चोटका कारण आइतबार युइएफए नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेल गुमाउने सम्भावा बढेको छ ।

डेनमार्कको घरेलु मैदानमा हुने लिग ए ग्रुप वान को खेलमा फ्रान्सलाई लिग बी मा घटुवाबाट जोगिन जितको विकल्प छैन । क्रोएसिया १० अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको डेनमार्कको नौ अंक छ । तेस्रो स्थानको फ्रान्सको पाँच अंक छ भने चौथो स्थानको अस्ट्रियाको चार अंक छ । 

डेनमार्कलाई नतिजा सुम्पिएमा फ्रान्सको लिग वान हैसियत गुम्नेछ । 

‘ओसामानेको खुट्टामा समस्या देखिएको छ,’फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले भने,' त्यसैले उनी टोलीसँग प्रशिक्षणमा सहभागी छैनन । अन्तिम प्रशिक्षणपछि चिकित्सकसँगको सल्लाहमा उनले खेल्न सक्ने वा नसक्ने बारे निर्णय लिनेछौ । '

फ्रान्सले कतार विश्वकपमा समूह डी मा डेनमार्कका साथै अस्ट्रेलिया र ट्युनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।