युइएफए नेसन्स लिग

लोरिस र हर्नान्डेज बाहिरिए

पेरिस । फ्रान्सले यसै साता युइएफए नेसन्स लिगअन्तर्गत अस्ट्रिया र डेनमार्कविरुद्धको खेलका लागि कप्तान तथा गोलकिपर ह्युगो लोरिस र थियो हर्नान्डेलाई टोली बाहिर राखेको छ ।

अस्ट्रिया र डेनमार्कविरुद्धको खेलका लागि यसअघि नै पाउल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जेमा,लुकास हर्नान्डेज र किंग्सले कोम्यान चोटका टोलीबाट बाहिरिसकेका छन् ।

फ्रान्सले बिहीबार अस्ट्रियाको भ्रमण गर्नेछ भने त्यसको तीन दिन पछि डेनमार्कविरुद्ध खेल्नेछ ।

फ्रान्सले लोरिस र हर्नानडेज पनि चोटका कारण टोलीबाट बाहिरिएको जनाएको छ ।

लोरिसको स्थानमा नान्टेसका गोलकिपर अल्बान लाफोन्टले फ्रान्सको गोलपोस्ट सम्हाल्ने छन् भने हर्नानडेजको स्थानमा एस्टन भिल्ला लुकास डिग्नेलाई टोलीमा समावेश गरिएको छ । 

ग्रुप ए वान को खेलमा फ्रान्सले दुई खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ ।