साफ महिला च्याम्पियनसिप

नेपालविरुद्ध पहिलो हाफमा बंगलादेश २–० ले अघि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फाइनलको पहिलो हाफमा घरेलु टिम नेपालविरुद्ध बंगलादेशले २–० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् ।

मोनिका चक्माको बायाँ भागबाट गरेको कटब्याकमा सुनाहरले बललाई सहजै पोष्टको दिशा दिइन् ।

उनी १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यस्तै, ४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । मारिया मन्दाले १८ यार्ड बक्सबाहिरबाट बक्सभित्र बायाँ साइडमा कृष्णरानीलाई बल उपलब्ध गराएकी थिइन् । जसमा कृष्णरानीले कुनै गोल गरिनन् ।