साफ महिला च्याम्पियनसिप

बंगलादेश साफ महिला च्याम्पियनसिपको नयाँ विजेता

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको नयाँ विजेता बनेको छ । च्याम्पियनसिपको छैटौं संस्करणले भारतबाहेक नयाँ विजेता पाएको हो । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल घरेलु टिम नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले च्याम्पियनसिपमा नयाँ इतिहास लेख्यो ।

खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् ।

मोनिका चक्माको बायाँ भागबाट गरेको कटब्याकमा सुनाहरले बललाई सहजै पोष्टको दिशा दिइन् ।

उनी १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यस्तै, ४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । मारिया मन्दाले १८ यार्ड बक्सबाहिरबाट बक्सभित्र बायाँ साइडमा कृष्णरानीलाई बल उपलब्ध गराएकी थिइन् । जसमा कृष्णरानीले कुनै गोल गरिनन् ।

७०औं मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याइन् । दायाँ बक्सबाट अनिताले दोस्रो बार च्याप्दै बललाई जालीको दिशा दिइन् ।

तर, ७७औं मिनेटमा श्रीमोतीले बंगलादेशको अग्रतालाई ३–१ मा पूर्याइन् ।

यसअघि बंगलादेशसँग कहिल्यै नहारेको नेपालले आज भने त्यो इतिहास दोहोर्याउन सकेन् ।

त्यसअघि १५ हजार सात सय २० दर्शकमाझ नेपालले गोलका केही सुनौलो मौका बनाएको थियो ।

२४औं मिनेटमा अमृता जैसीले दायााँ भागबाट क्रसमा रश्मीले हेडर भेट्टाइनन् । जसलाई बंगलादेशी गोलकिपर रुक्माा चक्माले नियन्त्रणमा लिइन् ।

२८औं मिनेटमा १८ यार्ड बक्सको बायाँ साइडबाट अनिता केसीको प्रहारलाई बंगलादेशी गोलकिपर चक्माले सहजै नियन्त्रणमा लिइन् ।

३५औं मिनेटमा सरु लिम्बुलाई बक्सको बाहिर बंगलादेशी रक्षकले लडाएपछि नेपालले फ्रिकिकको मौका पाएको थियो । जसमा अनिता बस्नेतले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरले बाहिर पठाइन् ।

४८औं मिनेटमा अनिता बस्नेतले गरेको क्रर्नरमा अमृता जैसीको प्रहार सेकेन्ड बारमा लागेर फर्कियो ।

खेलको ५२औं मिनेटमा नेपालले गोलको सुनौलो मौका गुमायो । अनिताले बायाँ बक्सबाहिरबाट गरेको क्रसमा रश्मीको फ्रि हेडर पोल नजिकैबाट बाहिरियो ।

५९औं मिनेटमा अनिताले पेनाल्टी बक्सबाहिरबाट गरेको लामो प्रहार बंगलादेशी गोलकिपर चक्माले सहजै बचाइन् ।

नेपाल पाँचौ पटक फाइनलमा पराजित भएको हो । यसअघि च्याम्पियनसिपको चौथो संस्करणबाहेक सबै संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो ।

बंगलादेशसाफ महिला च्याम्पियनसिपको नयाँ विजेता