इङ्लिस प्रिमियर लिग

लेस्टर सिटीविरुद्ध सन टोलीमा हुने सम्भावना न्युन

लन्डन । सन ह्युङ मिनले जारी सिजन स्वभाविक लय अनुसारको प्रदर्शन गर्न नसके पनि उनी सधै टोलीका प्रमुख खेलाडी रहने बताएका छन् । यद्धपी कोन्टे सबै खेलमा सनलाई अवसर दिने पक्षमा भने छैनन ।

गत सिजन टोटनहमले इङलिस प्रिमियर लिगको शीर्ष चार पक्का गर्दा कोन्टेको टोलीका लागि सनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रिमियर लिगमा गत सिजन २३ गोल गरेका थिए ।

तर यस सिजन उनले लय भेट्टाउन सकिरहेका छैनन ।उनले प्रिमियर लिगको ६ खेलमा गोल खाता खोल्न सकेका छैनन । यसै साता टोटनहमले लेस्टर सिटीको सामना गर्दैछ । 

रिचार्लीसन र डेजान कुलुस्भेस्कीले लय अनुसारको प्रदर्शन गर्दा सन लेस्टरविरुद्धको खेलमा टोलीमा हुने सम्भावना न्युन बनेको हो ।

‘सबै खेलाडीले सबै खेलमा अवसर पाउछन् भन्ने हुँदैन’, कोन्टेले भने, ‘मैले पनि टोलीमा खेलाडी परिवर्तन गराएर खेलाइरहेको छु । यसले गर्दा खेलाडीले आराम पाउँछन् र चोटको सम्भावना पनि न्युन हुन्छ । सन अहिले लय भेट्टाउन संघर्ष गरिहेका छन् । त्यसैले हामी उनलाई आराम दिने पक्षमा छौ ।’