साफ महिला च्याम्पियनसिप

साफका लागि बंगलादेशी टिम शनिबार नेपाल आइपुग्ने

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको लागि बंगलादेश राष्ट्रिय महिला फुटबल टिम शनिबार नेपाल आइपुग्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज तीन गतेसम्म साफ च्याम्पियनसिप हुँदैछ । जसका लागि भुटान र पाकिस्तानी टिम नेपाल आइसकेका छन् ।

साविक विजेता भारत, नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, भुटान र श्रीलंका गरी सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा परेको बंगलादेशले मालिदभ्स र भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले सेप्टेम्बर सातमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

सेप्टेम्बर १० मा बंगलादेशले पाकिस्तानसँग खेल्नेछ । बंगलादेशले समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १३ मा भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलको टिकट काट्ने छन् ।

भारतले सर्वाधिक पाँच पटक साफको उपाधि जितिसकेको छ । भारत साफ महिला फुटबल च्याम्पियनसिपको एकमात्र विजेता टिम पनि हो ।