साफ यु १७

ब्यन्जनकार र मल्लले साफ यु १७ खेलाउने

काठमाडौं । नेपाली फिफा रेफ्री कबिन व्यन्जनकार र फिफा असिटेन्ट रेफ्री युनाल मल्लले श्रीलंकामा हुने साफ यु १७ च्याम्पियनसिपमा अफिसियलको भूमिका निर्बाह गर्ने भएका छन् ।

साफ यु १७ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने तय भइसकेको छ । त्यसका लागि नेपाली युवा टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।

लिग कम नकआउट पद्दतिमा हुने प्रतियोगिताका लागि नेपाल समूह बीमा परेको छ । नेपालसँगै समूह बीमा भुटान र भारत छन् ।

नेपालले सेप्टेम्बर ७ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, सेप्टेम्बर ९ मा नेपालले भारतसँग खेल्ने छ ।

समूह चरणको समाप्तीपछि शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।