कभानी

भ्यालेन्सिया पुगे कभानी

लन्डन । स्पेनिस क्लब भ्यालेन्सियाले उरुग्वेयन फरवार्ड एडिनसन कभानीलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।

म्यानचेस्टर युनाइेटका पूर्व खेलाडी ३५ वर्षीय कभानीले भ्यालेन्सियासँग २०२४ सम्मका लागि सम्झौता गरेको क्लबले बताएको छ ।

सन् २०२० मा पेरिस सेन्ट जर्मन (पिएसजी)बाट युनाइटेड पुगेका कभानीले प्रिमियर लिगका दुई सिजनमा १२ गोल गरेका थिए ।

‘आफ्नो करिअरमा उनले २५ उपाधि जितेका छन्, र जहाँ खेले पनि गोल गरेका छन्,’ भ्यालेन्सियाद्वारा जारी वक्तव्यमा उल्लेख छ, ‘कभानी विश्वकै उत्कृष्ट फरवार्डहरुमध्ये एक हुन् भन्ने उनको गोल स्कोरिङ कीर्तिमानले पनि देखाउँछ ।’

भ्यालेन्सिया सुरुआती दुई खेलमा एक जित र एक हारपछि स्पेनिस ला लिगाको १४औं स्थानमा छ ।