इङ्लिस प्रिमियर लिग

लिभरपुलको सानदार जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार सानदार जित निकालेको छ । प्रिमियर लिगमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले यसै सिजन बढुवा भएको बर्नमाउथलाई ९-० ले पराजित गर्यो ।

लिगका सुरुआती दुई खेलमा बराबरीमा रोकिएको लिभरपुल तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडसंग २-१ ले पराजित भएको थियो ।

शनिबार लिभरपुललाई जित दिलाउन लुइस डियाज र रोवर्टो फिर्मिन्होले समान दुई गोल गर्दा हार्भे इलिओट, एलेक्जेन्डर अर्नोल्ड, भर्जिल भान डाइग, फावियो कार्भाल्होले एक–एक गोल गरे । लिभरपुलले एक गोल बर्नमाउथका क्रिस मेफामबाट आत्मघाती उपहार पाएको थियो ।

जितसंगै चार खेलबाट पाँच अंक जोडेको लिभरपुल तालिकाको आठौं स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको बर्नमाउथ तालिकाको १६औं स्थानमा छ ।