वैशाख २६, २०८२ शुक्रबार | ०९:१४:२३
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

अन्तर्राष्ट्रिय बक्सिङ डे मा नेपाल बक्सिङ संघको अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय बक्सिङ डे  (२७ अगष्ट २०२२) मनाएको छ ।

सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आइवा वर्ल्ड बक्सिङ च्याम्पियनसिपको स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ लाई अन्तराष्ट्रिय बक्सिङ डे मनाउदै आएको थियो । तर, सन् २०२१ देखि २२ जुलाईको सट्टा अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउँदै आएको छ ।

आइवाले वर्ष २०२२ लाई ‘अफ्रिकाको वर्ष’ को रूपमा घोषणा गर्दै किन्शासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासा शहरमा यो कार्यक्रम मनाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ डे को अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल भएको, सन्तोषजनक नतिजा ल्याउन सफल भएको र स्वयम् अध्यक्षले आफ्नो व्यक्तिगत खर्च गरि बक्सिङ खेल विकास र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद समेत व्यक्त गरे । साथै, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०१७ देखि आइवालाई लगाएको प्रतिबन्ध यथावत् रहेको जानकारी गराउँदै आउदो पेरिस ओलम्पिक सन् २०२४ मा बक्सिङ खेलको सहभागिता सुनिश्चितताको लागि आइवाले मिहिनेत गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय बक्सिङ डे  २७ अगष्ट २०२२ को अवसरमा सम्पूर्ण देश विदेशमा रहेका खेलाडी तथा खेलप्रेमीहरुलाई शुभकनमना व्यक्त गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यता तथा बक्सिङ संघका अध्यक्ष अवालेको अध्यक्षतामा उक्त कार्यक्रम ओलम्पिक कमिटीको सभा हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु, राम बहादुर गिरी, श्यामकाजी अवाले, शोभारजंग के.सी., पुष्करराज पन्त ,आइवा वान स्टार रेफ्री/जज एवम् आठौं सागका स्वर्ण पदक विजेता राम चन्द्र थापामगर, आइवा थ्री स्टार कोच दीपक महर्जन, पूर्व प्रमुख प्रशिक्षक ओम मास्के, आइवा टू स्टार कोच रमेशदास श्रेष्ठ आइवा स्टार रेफ्री ताराराम श्रेष्ठ, आइवाा स्टार रेफ्री एवम् बागमती प्रदेश खेलकुद विकास परिषद् बोर्ड सदस्य धनकुमार मैनाली, आइवा स्टार रेफ्री दिनेश बाशुकला, राष्ट्रिय कोचहरु, प्रेम पौजु, रत्न अवाले, रोहित अवाले लगायत बक्सिङ खेलाडीहरुको उपस्थिती थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP