माघ १८, २०८२ आइतबार | ०२:११:३१
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने

काठमाडौं । फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)  सदस्यसचिव टंकलाल घिसिङले सोमबारै बिदाइ गरे ।

अप्रिल ११ देखि १३ सम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनिमा लालप्रसाद उप्रेती तथा ५१ केजीमुनिमा चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिला ४८ केजीमुनिमा रमिशा श्रेष्ठ, ५० केजीमुनिमा अस्मिता दुवाल र ५४ केजीमुनिमा वर्षा श्रेष्ठले सहभागिता जनाउने छन् ।

टोलीको अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा प्रवीण तुलाधर र दीपक महर्जन, आइटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा छन् ।

बक्समान्डुबाट पनि तीन खेलाडीः 
सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि सहभागिता जनाउने भएकाे छ ।महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले तीन खेलाडी सहभागी गराउन लागेको जानकारी दिए ।

पुरुष ५१ केजीमुनिमा लक्ष्मण राई, ५७ केजीमुनिमा प्रवल उप्रेती र ६० केजीमुनिमा छिरिङ वाङ्दी शेर्पाले सहभागिता जनाउने छन् ।  टोलीको प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन् ।

बक्समान्डुको टोली पनि सोमबारै भुटान प्रस्थान गरेको छ । दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षण शिवीरमा सहभागी हुनेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।