दीपा न्यौपाने

दीपाको ह्याट्रिकप्रेरित डन बास्कोको सहज जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर दीपा न्यौपानेको ह्याट्रिकप्रेरित डन बस्को फुटबल एकेडेमीले केरला वुमन्स लिगमा एसबी एफएफ पुभरलाई ६-० ले पराजित गरेको छ ।

डन बस्को जितमा दीपाले ह्याट्रिक गर्दा प्रेस्माले दुई र पुष्पा परबले एक गोली गरिन् । डन बस्कोले खेलको १४औं मिनेटमा प्रेस्माको गोलबाट अग्रता लिएको थियो । २१औं मिनेटमा प्रेस्माले नै टिमको अग्रता दोब्बर पारिन् । २३औं मिनेटमा दीपाको गोलबाट बस्कोले अग्रतालाई ३-० मा पुर्यायो । 

यस्तै, ४८औं मिनेटमा पुष्पाले चौथो गोल गर्दा ७७औं मिनेटमा दीपाले क्लबका लागि पाँचौ गोल गरिन् । ८८औं मिनेटमा दीपाले ह्याट्रिक गरेपछि बस्कोले ६-० को सहज जित निश्चित गर्यो ।

बस्कोले जितसँगै चार खेलबाट ९ अंक जोडेको छ । पहिलो खेलमा पराजित भएको बस्कोले त्यसयताका तीन खेलमा जित निकालेको छ ।

यसअघिको खेलमा नेपाली टिमकी मिडफिल्डर दीपाले चार गोल गरेकी थिइन् । प्रतियोगितामा हालसम्म दीपाले ९ गोल गरिसकेकी छिन् ।