युरो कप अन्तरविद्यालय बास्केटबल

युरो क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्लसमा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

युरोले बौद्ध इन्टरनेसनल स्कुल (बीआइएस) लाई २७-१५ ले पराजित गर्यो । युरोकी साना दीपकले १४ स्कोर गरिन् । गर्ल्समै विद्या संस्कारले मोर्डन इन्डियन स्कुल (एमआइएस) लाई ११-७ ले हरायो । विद्या संस्कारकी प्रीतिशा केसीले ५ अंक जोडिन् ।

ब्वाइजमा काष्ठमण्डपले टीआइएलाई २५-१३, सेन्ट जेभियर्सले बाबालाई ३९-१०, विल्सन एकेडेमीले  युरोलाई ३५-३०, एमआइएसले आलोकलाई २७-९, बीआइएसले साम्तेनलाई ३२-१२ तथा त्रिज्योतिले गुहेश्वरीलाई २९-१२ ले पाखा लगाए ।