फेटरनिटी कप फुटसल

फेटरनिटी कप फुटसलः आयोजक विद्या संस्कार र गुरुकुल विजयी

काठमाडौ । आयोजक विद्या संस्कार स्कुल र गुरुकुल आई.बी.वर्ल्ड स्कुलले फेटरनिटी कप यु १२ र यु १४ फुटसल प्रतियोगितामा जित हासिल गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन आयोजक विद्या संस्कार स्कुलले यु १४ र गुरुकुल आई.बी.वर्ल्ड स्कुलले यु १२ तर्फ जित निकालेका हुन् ।

फेटरनिटी कप विद्या संस्कारसहित स्वस्तीश्री गुरुकुल आई.बि.वर्ल्ड, डाफोडील स्कुल र एक्सलसियर स्कुलले संयुक्त रुपमा आयोजना गर्ने गर्दछन् । जसमा हरेक वर्ष फुटसल, बास्केटबल, टेबलटेनिस, स्वीमिङ लगायताका प्रतियोगिताहरुको आयोजना हुने गर्दछ ।

यसैअन्तर्गत विद्या संस्कारले यु १२ र यु १४ फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता होम एन्ड अवे पद्दतिमा हुनेछ । प्रतियोगितामा हरेक खेलका ‘म्यान अफ दी म्यान’ लगायत अन्य विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) का ग्रासरुट म्यानेजर मनोज रञ्जितको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

प्रतियोगिताको लगातार तीन पटक उपाधि जित्ने टिमले ट्रफी सँधैका लागि राख्न पाउनेछ । प्रतियोगिताको फाइनल खेल १६ गते हुनेछ ।

पहिलो दिनका केही झलकहरु