नेपालको टोलीमा तीन परिवर्तन

काठमाडौं, (खेलाडी)- भारतविरुद्ध केही बेरमा हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि नेपाली टोलीमा आज पहिलो रोजाईमा बिहीबार भएको पहिलो खेलबाट तीन खेलाडी परिवर्तन गरिएको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलमा गोल गरेका फरवार्ड अञ्जन विष्टसहित नवयुग श्रेष्ठ र रक्षक सुमन अर्याललाई पहिलो रोजाईबाट हटाएका छन् । 

उनीहरुको स्थानमा मनिष डाँगी, आशिष लामा र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका दिइएको छ । 

भारतविरुद्ध मैदान उत्रिने नेपाली टोलीको पहिलो रोजाईका ११ खेलाडी :

गोलकिपर- किरण चेम्जोङ्
रक्षक- अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ
मिडफिल्डर- पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा
फरवार्ड- आशिष लामा, आयुश घलान, मनिष डाँगी