टेनिस
विश्व नम्बर एक बार्टी पराजित
न्युयोर्क, (खेलाडी)- विश्व नम्बर एक एस्लेघ बार्टी युएस ओपनको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बार्टी ४३औं वरियताकी अमेरिकी खेलाडी स्लेबाई रोजर्ससँग पराजित भइन् ।
प्रतिस्पर्धात्मक खेलमा विम्बल्डन च्याम्पियन बार्टी रोजर्ससँग ६-२, १-७, ७-६ (७/५) को सेटमा पराजित भएकी थिइन् । रोजर्सले अर्को चरणमा बेलायती किशोरी एम्मा रेडुकानुसँग प्रतिस्पर्धा गर्नेछिन् ।
घरेलु समर्थकको पूर्ण समर्थन पाएकी रोजर्सले बार्टीविरुद्धका ६ खेलमा पहिलो जित हासिल गरेकी हुन् ।
बार्टी हालसम्म युएस ओपनको चौथो चरणमा पुग्न सकेकी छैनन् ।