नेपाल-भारत मैत्रीपूर्ण खेल, पहिलो हाफ बराबरी

काठमाडौं, (खेलाडी)- नेपाल र भारत बीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । 

नेपाली टोलीले पहिलो रोजाईमा आज बिहीबारको पहिलो खेलबाट तीन खेलाडी परिवर्तन गरेको थियो । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलमा गोल गरेका फरवार्ड अञ्जन बिष्टसहित अर्का फरवार्ड नवयुग श्रेष्ठ र रक्षक सुमन अर्याललाई आइतबार बेन्चबाट खेल सुरु गराएका थिए । 

तथापि पहिलो हाफमै प्रशिक्षक अल्मुताइरीले अञ्जनलाई मैदान प्रवेश गराइसकेका छन् । अञ्जनले आशिष लामालाई स्थानान्तरण गर्दै ४३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । यसैगरी सुमन लामाको स्थानमा विशाल राई मैदान प्रवेश गरेका छन् । 

दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा १-१ को बराबरी नतिजा निस्किएको थियो । 

पहिलो खेल हेर्न पूर्व राजा ज्ञानेन्द्र शाहका नाति पूर्व नवयुवराज ह््दयेन्द्र शाह रंगशाला आएका थिए भने आजको खेल हेर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँड दशरथ रंगशाला आएका छन् ।