रोहित चन्द

रोहितको टिम पर्सिक केडिरीको पाँचौ हार

जाकार्ता । इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टिमले पाँचौ हार बेहोरेको छ ।

मंगलबार भएको खेलमा रोहितको टिम पर्सिक केडिरी पिएसएस स्लेमानसँग २–० ले पराजित भएको हो ।

पिएसएस स्लेमानको जितमा इर्खाम मिल्ला र किम कुर्नियावानले एक–एक गोल गरे ।

स्लेमानले पहिलो हाफको अन्तिम मिनेटमा मिल्लाले गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै, खेल सकिँन चार मिनेट बाँकी रहँदा कुर्नियावानले अग्रता दोब्बर पारेसँगै पिएसएस स्लेमानले जित निश्चित गर्यो । खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।

हारसँगै ६ खेलबाट एक अंकमात्र जोडेको केडिरी तालिकाको पुछारमा छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको पिएसएस स्लेमान आठौं स्थानमा छ ।