नेपाली बास्केटबल

नेपाल बास्केटबल संघलाई लिनिङको साथ

काठमाडौं । नेपाल बास्केटबल संघको आधिकारिक किट पार्टनरको रुपमा लिनिङ नेपालले प्रायोजन गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत लिनिङले र बास्केटबल संघसँग किट पार्टनरको रुपमा सम्झौता गरेको हो । सम्झौतामा बास्केटबल संघका अध्यक्ष भिम गुरुङ र लिनिङ नेपालका प्रमुख राजिन महर्जनले हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाली बास्केटबलको आधिकारिक प्रायोजक रहने लिनिङले बास्केटबलको उमेर समूह र राष्ट्रिय टिमका राष्ट्रिय खेलाडीहरुलाई जर्सी प्रदान गर्नेछ । सम्झौताको समयावधी दुई वर्षको छ ।