इङ्लिस प्रिमियर लिग

टोटनहमको जितमा केनको निर्णायक गोल

लन्डन । ह्यारी केनको निर्णायक गोलप्रेरित टोटनहमले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले पराजित गरेको छ ।

शनिबार चाडो गरी भएको खेलमा केनले ६४औं मिनेटमा निर्णायक गोल गरे । केनले इभान पेरिसिचको पासमा गोल गरेका हुन् ।

जितसँगै घरेलु टिम टोटनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटनहमले तीन खेलबाट सात अंक जोड्दा दोस्रो स्थानमा आसिन म्यानेस्टर सिटीले दुई खेलबाट ६ अंक जोडेको छ ।

टोटनहमले पछिल्लो वुल्भ्ससँगको पछिल्लो सात घरेलु खेलमध्ये चार खेलमा हार बेहोरेको थियो ।

उल्भ्ससँगको गोलसँगै केनले प्रिमियर लिगमा एक क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अग्वुइरोलाई पछि पारेका छन् । केनले प्रिमियर लिगमा टोटनहमबाट एक सय ८४ गोल गरेका छन् । जुन अग्वुइरोले सिटीबाट गरेको गोल संख्याभन्दा एक गोल धेरै हो ।